| आइतवार, माघ २७, २०८१

ओली —मोदी

स्वामीनारायण पछ्याउँदै मोदी मुक्तिनाथ जाने

१९ वैशाख, पोखरा । स्वामी नारायणका भक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तिनै स्वामी नारायणले ज्ञान प्राप्त गरेको स्थान मुक्तिनाथ आउने भएका छन् । वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदा त्यही मौकामा मोदी मुक्तिनाथ दर्शनका लागि आउने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् ।

मोदीको गृहनगर गुजरातका ठूलो समुदायले स्वामी नारायणलाई भगवान मान्छन् । मोदी पनि स्वामी नारायणका भक्त हुन् । स्वामी नारायणले तपस्या गरेर ज्ञान प्राप्त गरेको ठाउँ नै नेपालको मुक्तिनाथ रहेको जानकार बताउँछन् । करिब २ सय वर्ष अगाडि स्वामी नारायण मुक्तिनाथ पुगेका थिए । यो कुरा उनले आफ्नो आत्मवृतान्तमा पनि लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्