
एमाले—माओवादी बिच पार्टी एकताका विषयमा छुट्टाछुट्टै छलफल किन ?
दुई पार्टीबीचको एकताको विषयमा छलफल गर्न एमाले र माओवादी केन्द्रको छुट्टा छुट्टै बैठक बुधबार बस्दै छ।
एमाले स्थायी समितिको बैठक दिउँसो बस्ने छ। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट फर्किएपछि एमाले स्थायी समिति वैठक बस्ने एमाले श्रोतले जनाएको छ। बैठकको समय भने टुंगो लागेको छैन।
माओवादी केन्द्रले पनि एमालेसँगको पार्टी एकताको विषयमा आज छलफल गर्दैछ। विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय सचिबालयको बैठक बस्न लागेको हो। बैठकमा दुई दलबीचको एकताको विषयमा छलफल हुने माओवादीले जनाएको छ।