| शनिबार, माघ ५, २०८१

बादल

सार्वजनिक यातायात बन्द गर्ने ब्यवसायीलाई पक्राउ गर्न सबै जिल्लाका सिडिओलाई गृहको निर्देशन

सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।

हड्तालका कारण आम नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले यातायात नचलाउने ब्यवसायीलाई पक्राउ गरी अत्याश्यक ऐन २०१४ अनुसार कारबाही गर्न गृहमन्त्री रामबहादुर थापाले ७७ जिल्लाका सिडिओलाई निर्देशन दिएका हुन्।

गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री थापाले बन्द गर्ने ब्यवसायी र समितिको सम्पत्तिसमेत छानबिन गरी आवश्यक अनुसन्धान अघि बढाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएका हुन्।

‘सवारी साधन नचलाएर सरकारी निणर्यको बिरोध गर्नेलाई कारबाही गर्नू  र उनीहरुको सम्पतीको पनि छानविन थाल्नू भनेर मन्त्रीज्यूले स्पष्ट रूपमा भन्नु भएको छ।’

प्रतिक्रिया दिनुहोस्