सिन्डिकेट र कार्टेलिङ बिकासका दुस्मन हुन्, : भट्टराई
२१ बैशाख : देशभर सिन्डिकेटधारी र एकाधिकारबादिको बोलवाला बढेको भन्दै पुर्वप्रधानमन्त्री एवम नयाँशक्ती पार्टिका संयोजक बाबुराम भट्टराईले बिरोध जनाएका छन ।
सिन्डिकेट पक्षधरले देशब्यापी यातायात हडताल गरेर सर्वसाधारणलाई दुख दिएपछी भट्टराईले सामाजिक सन्जाल ट्विटरमार्फत आलोचना गरेका हुन ।
भट्टराईका अनुसार समाजवादमा पुग्ने बाटो भनेको प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवाद हो।
उनले सबै खाले सिन्डिकेट कार्टेल/एकाधिकार/क्रोनिज्म/प्रतिस्पर्धा र विकासका दुश्मन भन्दै यिनलाई नष्ट गर्दै अगाडी बढ्न सबै दल नागरिकलाई आव्हान गरेका छन ।
यस्ता गलत प्रवृत्ति र तत्वसंग झुक्न नहुनेमा भट्टराईको जोड छ ।