| सोमवार, भदौ ३१, २०८१

महिला हिंसा न्यूनीकरणका लागि सरकारले बजेट ल्याउने

महिला हिंसा न्यूनीकरणका लागि सरकारले बजेट ल्याउने

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसा न्यूनिकरणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्। मन्त्री थापाले टोल–टोलमा अभियाननै संचालन गरेर महिला हिंसालाई न्यूनिकरण गर्न पनि मातहतका निकायलाई निर्देशन दिइन्।

उनले सबै स्थानीय तहले महिलाहरुलाई आयआर्जनको काममा लगाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि आग्रह गरिन्। मंगलबार ललितपुरमा आयोजित ‘महिला हिंसा न्यूनिकरण अभिमुखिकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री थापाले सरकारले महिला हिंसालाई अन्त्य गर्न सामाजिक–आर्थिक रुपान्तरणको अभियाननै संचालन गर्न लागेको पनि बताइन्।  मन्त्री थापाले महिला हिंसा अन्त्यका लागि समाजका सचेत वर्गको सहयोग लिनुपर्नेमा पनि जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्