| सोमवार, अशोज ८, २०८०

budi-gandaki-hydro

बुढीगण्डकी स्वदेशी र विदेशी पूँजी ल्याएर सरकारलेनै बनाउँछ ः उर्जा मन्त्री

अघिल्लो शेरबहादुर देउवा सरकारले चिनियाँ कम्पनीबाट खोसेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण अर्को आर्थिक वर्षबाट सुरु हुने भएको छ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सार्वजनिक गरेको श्वेतपत्रमा वुढीगण्डकी अर्को आर्थिक वर्षदेखि निर्माण सुरु हुने उल्लेख छ।उनले सरकारलेनै आयोजना बनाउने स्पस्ट पार्दै विदेशीलार्इ आयोजना निर्माणको जिम्मा नलगाउने बताए।‘बुढीगण्डकी सरकारलेनै बनाउँछ।स्वदेशी र विदेशी पूँजी ल्याएर सरकारले अर्को वर्षदेखि निर्माण थाल्नेछ’पुनले भने।

उनले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको ठेकेदार चयन गरि निर्माण सुरु गरिसक्ने घोषणा गरे।पश्चिम सेती जलविद्युत आयोजना भने नेपाल विद्युत प्राधिकरणको २५ प्रतिशत र चिनियाँ कम्पनी थ्री गर्जेजको ७५ प्रतिशत संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्