| शनिबार, कार्तिक १७, २०८१

मन्त्री पण्डित

मोदीसँग १९५० को सन्धि र सीमा विवादबारे छलफल गर्छु ः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल र भारतबीच रहेको सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने  बताए  ।

एक साक्षात्कारमा मन्त्री पण्डितले राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय हितका विषयमा कुरा गर्ने  बताए । विगतमा गरिएका समझदारी तथा निर्णयलाई कार्यान्वयन गराउनका लागि अहिले हुन लागेको प्रधानमन्त्री मोदीको भ्रमणलाई महत्वपूर्णरुपमा हेरिएको  उनको भनाई छ ।

मोदीलाई जनकपुर विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्ने जानकारी दिँदै जनकपुरको जानकी मन्दिरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पूजा गर्ने कार्यक्रम रहेको जानकारी  गराए ।

नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले भारतसँग सांस्कृतिक, आर्थिक, राजनीतिकरुपले नजिक हुनुको नाताले प्रधानमन्त्री मोदीको भ्रमण सफल बनाउनका लागि सबै पार्टीले भूमिका निर्वाह गर्नुपर्ने  बताए ।

फरक प्रसंगमा नेकपा (एमाले)र माओवादी केन्द्रबीचको एकता इतिहास र राष्ट्रको आवश्यकता भएको बताउँदै  उनले भने ,‘यसलाई सफल पारेरै छाड्नुपर्छ’,‘हामीबीच धेरै कुरा मिलिसकेका छन्, अब थोरै विषयमा सहमति हुन बाँकी छ, छिट्टै एकता हुन्छ ।

प्रतिक्रिया दिनुहोस्