
युवा उमेर परिवर्तन हुने
अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै युवाका लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन युवाको उमेर संशोधनबारे बहस सुरु भएको छ। संघीय शासन प्रणालीअनुसार ऐन÷नियम, नीति परिवर्तन हुने सन्दर्भमा युवा परिषद् ऐन र नीति पनि संशोधनको क्रममा रहेकोले यसै क्रममा युवाको उमेर पनि संशोधन गरिनुपर्छ भन्ने धारणा आएको हो
। राष्ट्रिय नुवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा समूह निर्धारण गरेको छ। यसैगरी युथ भिजन २०२५ मा युवाको उमेरलाई दुई समूहमा १६–२४ र २५–४० गरी प्राथमिकता निर्धारण गरिएको छ। युवा नीति २०७२ र युथ भिजन २०२५ बनाउने कार्यदलका संयोजक योगेन्द्र शाहीले भने ‘हामीले १६–३५ को प्रस्ताव गरेका थियौं तर संसदबाट पारित हुँदा उमेर परिवर्तन भर आएको हो।
त्यसअघि युवा परिषद ऐन पारित भइसकेको थियो र त्यसमा १६–४० लाई युवा भनिएको हुँदा नीति र भिजनमा ऐनअनुसार नै गर्नु पर्ने भएको छ। ‘हामीले युथ भिजन २०२५ मा भने प्राथमिकताका आधारमा उमेर समूह विभाजन गरेका छौं, अन्तर्राष्ट्रिय अभ्यास हेर्दा युवा उमेर १६–२९ हुँदा राम्रो हुने धारणा राख्दै शाहीले भने ‘यो भित्र पनि दुई वटा समूह बनाएर जाँदा अझ राम्रो हुन्छ।’ गोरखापत्र