
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा पार्टीबाट राजीनामा
काठमाडौं–राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
बुधबार पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी एमाले पार्टीको पोलिटब्युरो सदस्य थिए ।
साे क्रममा पत्रकारले राष्ट्रियसभा मिडियामैत्री नरहेको अाराेप लगाए भने हलमा इन्टरनेट, कम्प्युटर, उभिने ठाउँ र राम्रो साउण्ड सिस्टमकाे व्यवस्था हुनुपर्ने माग गरेका थिए ।
राष्ट्रिसभाको काम र धारणालाई जनतामा लैजान मिडियामेत्री हुनु पर्ने पत्रकारहरूले धारणा थियाे ।