| बुधबार, अशोज २३, २०८१

भूकम्पपीडित

संसदमा बैठक सुरु ः भूकम्पपीडितलाई १० लाख दिन माग

संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बर्ष २०७५÷०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु भएको छ । छलफलका विभिन्न दलका सांसदहरुले भाग लिएका छन् । उनीहरुले बजेटले सम्वोधन गर्नुपर्ने विभिन्न क्षेत्रको विषयमा आफ्नो धारणा राखे ।

प्रि–बजेटमाथिको छलफलका क्रममा सबैभन्दा पहिला एमाले सांसद भीम रावलले अर्थमन्त्रीले देशका सम्पूर्ण भूभागलाई सामानुपातिक ढंगले पुग्नेगरी बजेट निर्माण गर्न आग्रह गरे । उनले कुनै क्षेत्रमा सबैभन्दा धेरै बजेट जाने र कुनैमा थोरै जाने अवस्था सिर्जना नगर्न आग्रह गरे ।

उनले निर्वाचनको बेला बाम गठबन्धनले आघि सारेको योजना जनअनुमोदन भएको र सोही अनुसार अर्थमन्त्रीले बजेटलाई अघि बढाउन खोजेको बताउँदै केही विषयमा सुधार गर्नुपर्ने उल्लेख गरे ।

उनले यातायात उर्जा र विकास सामाजिक सुरक्षाका बिषयमा अब अव आउने बजेटले सम्बोधन गर्नुपर्ने बताए । उनले कृषि क्षेत्रको विकासका लागि भू–उपयोग नीति र कृषिको आधुनिकीकरण गर्ने बजेट ल्याउन सुझाव प्रस्तुत गरे । यस्तै देशको विकासका लागि राष्ट्रिय सुरक्षा नीतिलाई अघि नसारिएको भन्दै यसलाई अघि बढाउन जोड दिए ।

यस्तै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले अर्थमन्त्रीले साना आयोजनामा बजेट नदिने उल्लेख गरेको बताउदै स्थानीय तहमा बजेट नपठाउने हो भने गम्भीर गल्ती हुने बताए । उनले प्रदेश र स्थानीय तहको विकासका लागि साना योजना आवश्यक पर्ने उल्लेख गरे । उनले प्राकृतिक स्रोत बाँडफाँडमा सरकारले अधिकार सम्पन्न आयोग बनाउनुपर्नेमा पनि जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्