
मोदीको सम्बोधनमा उच्चारण भएन नाकाबन्दी शब्द
काठमाडौं : प्रधानमन्त्रीका रूपमा तेस्रो पटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नाकाबन्दी’का विषयमा आफ्नो मन्तव्यमा मुखै खोलेनन्। ०७२ असोज ३ मा नेपालले संविधानसभाबाट संविधान जारी गरेसँगै भारतले असन्तुष्टि जनाउँदै नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो। त्यसयता नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना देखिएको थियो।
नाकाबन्दीको कहर भोगेका नेपाली जनताले भारत सरकार र त्यहाँका प्रधानमन्त्री मोदीलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको थियो। नाकाबन्दीपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो। भ्रमणमा मोदीबाट नाकाबन्दीमा आफ्नो कमजोरीको कुनै न कुनै रूपमा स्वीकारोक्ति हुने अपेक्षा नेपालीले गरेका थिए। तर उनले यस विषयमा मुखै खोल्न चाहेनन्। नेपाल भ्रमणमा रहेका उनले शुक्रबार नै तीन पटक सम्बोधन गरे। सबै सम्बोधनमा भारतीय प्रधानमन्त्रीले नाकाबन्दीका विषयमा एक शब्द पनि उच्चारण गरेनन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।