| बिहिबार, मंसिर २०, २०८१

पम्फा भुषाल

पाहुनालाई सुरक्षा दिन नसक्ने भए किन बोलाउनु ः पम्फा भुषाल

माओवादी सांसद पम्फा भुषालले विराटगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउने विषय नउठाइएको, सीमा समस्याको विषय नउठाइएको भन्दै जल्दा बल्दा समस्या बाँकी रहेको बताएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन्।

उनले नेपालको प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको मिति सार्वजनिक गर्द समेत कुटनीतिक कमजोरी भएको तर्क गरिन्।

‘तिथि र मिति सार्वजनिक गर्दा कुटनीतिक कमजोरी भयो। परराष्ट्र मन्त्रालय मार्फत् हुनुपर्ने कुरा मिलेन कि भन्ने मेरो जिज्ञासा छ।’

भुषालले भारतीय सांसद किर्ती आजादाको धारणाको सरकारले खण्डन गर्नुपर्ने बताइन्। उनले भारतीय सुरक्षाकर्मी नेपाल आएको विषयमा समेत सरकारको जवाफ माग गरिन्।

‘भ्रमणका बेला सुरक्षा व्यवस्था प्रश्न उठेको छ। विगतमा पनि सरकार प्रमुख आउनु भएको छ। अरु देशका पनि आउनु भएको छ। चीनको प्रधानमन्त्री पनि आउनुभयो। हामी सुरक्षा दिन सक्षम छौं। ठूलो संख्यामा ३ सय भन्दा बढी सुरक्षाकर्मी पहिलो घेरामा हुने भन्ने कुराले हाम्रो सुरक्षा व्यवस्थामा प्रश्न खडा गरेको हो कि?’, भुषालले प्रश्न गरिन्, ‘नेपाली सेनाको सक्षमता, भूमिकालाई न्यूनीकरण गरेको हो कि?।’

प्रतिक्रिया दिनुहोस्