
पार्टी एकता ढिलो भएपछि प्रधानमन्त्री र माओवादीका बिच मन्त्री मतभेद
गत शुक्रबार नेपाल र भारतका प्रधानमन्त्रीले ९ सय मेगावाटको अरूण तेश्रो आयोजनाको शिलन्यास गरे।
यो आयोजनामा अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी पूँजी भित्रदैँछ। भारत सरकारको स्वामित्व भएको सतलजले करिब सवा खर्ब रुपैँया लगानी गर्दैछ।यति ठूलो आयोजना शिलान्यासमा उर्जा मन्त्री वर्षमान पुन भने सहभागी भएनन्। पुनलाई शिलन्यास समारोहको निम्तो नै थिएन।पुनले आफ्नो असन्तुष्टि पार्टी अध्यक्ष पुष्पकमल दहालसमक्ष राखिसकेका छन्।
स्रोतका अनुसार पुनको असन्तुष्टि आफूलाई सो कार्यक्रममा नबोलाएको भनेर मात्र भने होइन। केहीसमय अघि अरूण तेस्रोको विद्युत उत्पादन लाइसेन्स मन्त्रालयको सट्टा लगानी बोर्डले जारी गरेपछि नै उनी असन्तुष्ट छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको लगानी बोर्डको बैठकले दुई साताअघि बोर्डले नै लाइसेन्स जारी गर्ने निर्णय गरेको थियो।
बोर्डले आफैं जारी गर्न खोजेको लाइसेन्सको उर्जा मन्त्रालयले विरोध गरेपछि बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सो विषय बोर्ड बैठकमा लगेका थिए। लगानी बोर्ड ऐनअनुसार बोर्डका अध्यक्ष प्रधानमन्त्री हुन्छन्। उर्जामन्त्री स्थायी आमन्त्रित सदस्य हुन्छन्।
सो बैठकमा मन्त्री पुन उपस्थित थिएनन्। सिइओ अधिकारीले अरूण तेस्रोको लाइसेन्सको विषय उठाएपछि प्रधानमन्त्रीले उर्जा सचिव अनुप उपाध्यायलाई मन्त्रालयको भनाइ के हो भनी सोधेका थिए।