पार्टी एकता भनेजस्तो सजिलो छैन ः रायमाझी
माओवादी नेता एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले एमाले–माओवादी एकता भनेजस्तो सजिलो नभएको बताएका छन् ।
रिपोर्सर्ट क्लवले सन्धिखर्कमा गरेको साक्षात्कारमा नेता रायमाझीले एकताको मिति तोकिहाल्ने स्थिति नरहेको बताए ।
उनले भने, ‘आवश्यक्ता परेर चुनावमा तालमेल गरिएको हो । पाटी एकता भने जस्तो सजिलो छैन । एकता असंभव पनि छैन । सम्मानजन हैसियतमा एकता गर्नुपर्छ । एकता कहिले हुन्छ मिति तोकिहाल्न सक्ने अबस्था छैन् ।’
उनले बजेट जति सबै स्थानीय तह, त्यसपछि प्रदेस सरकारलाई दिएर संघलाई रित्तो बनाउन नहुँने उनले बताए ।
संघ सरकार, मन्त्री र सांसदलाई पनि विकास योजना सहितका बजेटको व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशको आपसी सम्बन्ध थप बलियो भएको दावी गरे ।