| आइतवार, माघ २७, २०८१

ओली सरकारले ‘राष्ट्रघात’ ग¥यो भन्दै नेवि संघद्रारा विरोध प्रदर्शन

ओली सरकारले ‘राष्ट्रघात’ ग¥यो भन्दै नेवि संघद्रारा विरोध प्रदर्शन

प्रधानमन्त्री केपी ओलीले राष्ट्रघात गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धिहीन भएको र राष्ट्रघाती सम्झौता भएको भन्दै काठमाडौंको घण्टाघर, दरबारमार्ग र रत्नपार्क क्षेत्रमा प्रदर्शन गरिएको हो ।

उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको समाचार संकलनमा नेपाली सञ्चारमाध्यमलाई रोक लगाएकोमा पनि विरोध गरेको छ ।

भारतीय सञ्चारमाध्यमलाई एकलौटी प्रवेश दिनु र नेपाली सञ्चार माध्यमलाई रोक लगाईनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै उनीहरुले आपत्ति जनाए ।

नेपाली भूमिमा भारतीय सेनाको सुरक्षा गस्ती लज्जास्पद भएको भन्दै सरकार भारतीय इशारामा चलेको आरोप उनीहरुले लगाए ।

नेपाल विद्यार्थी संघले राष्ट्रिय अखण्डतामाथिको हस्तक्षेप बिद्यार्थीका लागि अमान्य हुने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । प्रदर्शनका कारण यातायात व्यवस्थापन प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्