| बिहिबार, मंसिर २१, २०८०

कम्युनिष्ट पार्टी नफुट्ने गरी एकता हुन्छ ः प्रधानमन्त्री

भोली पार्टी एकता हुँदै !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डबीच भेटवार्ता भयो । बुधबार बिहान बालुवाटारमा भएको भेटवार्ताले संभवत भोली नै पार्टी एकता गर्नै मोटामोटी सहमति भएको छ ।

मदन भण्डारीको २५ औं स्मृती दिवसको अवसर पारेर पार्टी एकता हुन लागेको हो । २०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा परी ज्यान गएको थियो ।

पार्टी एकताका लागि चुनामवमा एउटै राजनीतिक मुद्दा बनाएर लडेका पार्टीबीच केही राजनीतिक बाँडफाँडका विषयमा कुरा मिल्न बाँकी थियो । पार्टी एकता गर्न केही ढिलाइभइरहेका बेला बुधबार बिहान ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको थियो । बैठकपछि दुवै पार्टीका अध्यक्षले हर्षित मुद्रामा फोटो खिचाएका थिए ।

कस्तो छ कार्यतालिका ?

मदन भण्डारीको शालिकमा बिहीबार विहान ७ बजे दुवै पार्टीका नेताले माल्यापर्ण गर्नेछन् । त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ । सम्भव भए भोलि नै ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ । आमसभा भने केही दिनपछि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्