| बिहिबार, मंसिर २०, २०८१

टेरेन निर्वाचन आयोगले अब के हुन्छ, नेकपा अण्डरलाइन ?

एकताभन्दा अगाडीनै एमाले–माओवादीले गरे भागबन्डा

चुनावी गठबन्धनका रुपमा अघि बढेको नेकपा एमाले तथा माओवादी केन्द्रले औपचारिक रुपमा पार्टी एकताको अन्तिम तयारीमा जुटेका छन् ।

बिहीबार बिहान वाम एकता संयोजन समितिले औपचारिक रुपमा एकताको घोषणा गर्ने तयारी गरिएको छ । दुबै दलका तर्फबाट पार्टी एकताको प्रस्ताव पेस गरी पारित भएपछि औपचारिक रुपमा निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी दिने तयारी दलहरुको छ ।

मदन आश्रित स्मृति दिवसका अवसर पारेर एकता घोषणा गर्ने दुबै दलका दोस्रो तहका नेताको प्रयासमा बुधबार एकता प्रक्रियाले गति लिएको हो। सैद्धान्तिक सिद्धान्त लगायतका केही विषयलाई एकता महाधिवेशनसम्म थाती राखेर एकीकरण हुन लागेको हो।

आजै एमाले–माओवादीको लगनगाँठो कसिनेः

यसैबीच पार्टी एकताको विषयमा छलफल गर्नका लागि एमालेले बिहीबार बिहान ११ बजे एमालेले आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठकपछि एमालेले आफ्नो केन्द्रीय कमिटी विघटन गर्ने तयारी समेत गरेको छ ।

माओवादी केन्द्रले बुधबार नै पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई पारित गरिसकेको छ । बिहीबार १ बजे पुनः सचिवालय बैठक बस्दैछ ।

दिउँसो ३ बजे दुबै दलको बैठकबाट निर्वाचन आयोगमा दर्ताका लागि पत्राचार गर्ने तयारी समेत छ ।

माओवादीलाई ४५ प्रतिशत

यसैबीच एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ जसमा प्रतिशत नभने पनि ४५ प्रतिशत माओवादी केन्द्रले पाउने र बाँकी ५५ प्रतिशत एमालेले राख्नेसमेत सहमति भएको छ ।

सहमति अनुसार २०० सदस्य माओवादीको भागमा र २४१ सदस्य एमालेको भागमा पर्ने छन् ।

त्यस्तै पार्टीको स्थायी समितिमा ४३ सदस्य रहने सहमति जुटेको छ । सहमति अनुसार स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहने बैठकमा अध्यक्ष ओलीले जानकारी गराएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्