एकताको बिषयमा बाबुरामको ‘तितो’ शब्द प्रहार
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताप्रति ‘शब्द हमला’ गरेका छन् । बुधबार भट्टरार्इले सामाजिक सञ्जालमा ट्वीट गर्दै शब्द हमला गरेका हुन् ।
एकताबारे ट्वीट गर्दै उनले भनेका छन्, ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् रु’ एमाले र माओवादीले सर्वहारा अधिनायकत्व नै छाडेडिसकेकाले कम्युनिष्ट नाममा मोह दर्शाउनु बेकार भएको उनको तर्क छ ।
उनले गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुने भएपनि माइनस एकको मूल्य धेरै कि माइनस दुइको मूल्य धेरै हो भन्ने कुरा मूख्य भएको समेत बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो एक्ला एक्लै बैठक बसेर पार्टी एकता घोषणा गर्ने तयारी गरेका हुन् ।