| सोमवार, चैत्र ३, २०८१

केन्द्रमा एकता, प्रदेश र जिल्लामा दुवै पार्टी ‘जीवितै’

अब देशमा एमाले—माओबादी नरहने

एमाले–माओवादीले दुवै पार्टी संरचना विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टीको नाममा एकीकृत पार्टीको औपचारिक घोषणा गर्ने भएका छन्। दुवै पार्टीका केन्द्रीय समिति बैठकले पार्टी एकता अनुमोदन गरेपछि बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी भएको हो। राष्ट्रिय सभा गृहमा संयुक्त पत्रकार सम्मेलन गरी एकीकृत पार्टीको औपचारिक घोषणा गर्ने तयारी छ।

एमाले अध्यक्ष तथा प्रधनमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलले एकताका लागि सहमति जुटाएपछि बिहीबार नै एकताको औपचारिक घोषणा गर्न दुवै दल तयार भएका हुन्।

बुधबार एमाले स्थायी समिति र माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकता गर्ने दुई अध्यक्षबीच भएको समझदारीलाई अनुमोदन गरेको छ।

प्रतिक्रिया दिनुहोस्