| बिहिबार, मंसिर १४, २०८०

एकता पछिको पहिलो बैठक गोकर्ण रिसोर्टमा

एकता पछिको पहिलो बैठक गोकर्ण रिसोर्टमा

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने भएको छ ।

बालुवाटारमा चलिरहेकोे एकता संयोजन समिति बैठकमा रहेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले एकीकृत पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने जानकारी दिएका हुन् ।

एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने यसअघि नै सहमति भैसकेको छ । तर, निर्वाचन आयोगमा यही नामको पार्टी पहिले नै दर्ता भइसकेको केही अन्योल भने छ ।

एमाले र माओवादीबीच आज बेलुका राष्ट्रिय सभागृहमा पार्टी एकताको घोषणा गर्ने तयारी हुँदैछ । त्यसअघि दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसेर पार्टी विघटन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्