| शुक्रबार, चैत्र ७, २०८१

ओली

गणतन्त्र जनताको उत्सव हो ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने बताएका छन्। गणतन्त्र दिवस मूलसमारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले शुक्रबार गृह मन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

गणतन्त्रलाई सरकारी दिवसजस्तो नबनाएर जनताको उत्सवजस्तो बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। ुगणतन्त्र सरकारी दिवस होइन जनदिवस होु, प्रधानमन्त्री ओलीले भने, ुयो दिवस गाउँपालिकासम्म नै मनाउने व्यवस्था गर्नुपर्दछ।

लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मँदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई विस्थापन गर्दै प्रतिस्‍पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए।

प्रतिक्रिया दिनुहोस्