
सुकदेव दवाडी कांग्रेसको जिल्ला उपसभापति चयन
दरौँदी ः नेपाली कांग्रेस गोरखाले जिल्ला उपसभापतिमा शुकदेव दवाडीलाई चयन गरेको छ । शनिबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाको बैठकले दवाडीलाई उपसभापतिमा चयन गरेको जिल्ला सचिब नन्दप्रसाद न्यौपानेले जानकारी दिए । दवाडी महादिवेशन प्रतिनिधी समेत हुन् ।
नेपाली कांग्रेसको जिल्ला कार्यसमिति लगायत अन्य क्षेत्रिय कार्यसमितिहरुमा समेत पदाधिकारीहरु अधिबेशन भएको वर्षौँ भएपनि अझै पदाधिकारीहरु मनोनित तथा चयन गरिएको छैन ।