| शुक्रबार, चैत्र ७, २०८१

ओली

भारत १९५० को सन्धि फिर्ता गर्न सहमत भएको छः ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भारत १९५० को सन्धि फेर्न सहमत भएको खुलासा गरेका छन्।

पुनर्गठनपछि पहिलोपटक शनिबार बानेश्वरमा बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत सन १०५० को सन्धि पुरनावलोकन गर्न तयार रहेको बताए। उनले नेपाल र भारतको सम्बन्ध बराबरिमा आधारित हुने भन्दै असमान सबैखाले सन्धि फेरिने बताए।

सांसदहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विराटनगरमा भारतीय दूतावासले राखेको फिल्ड अफिस पनि छिट्टै हट्ने बताए। उनले भने, ‘१९५० को सन्धि फेर्न भारत सहमत भइसकेको छ, अब विराटनगरको फिल्ड अफिस पनि छिट्टै उठ्छ।’

प्रधानमन्त्री ओलीको भारत र भारतीय समकक्षी मोदीको नेपाल भ्रमणका क्रममा सीमा र फिल्ड अफिसका बारेमा कुरा नभएको भन्दै उनको आलोचना समेत भएको थियो। प्रधानमन्त्री ओलीले फिल्ड अफिस हट्ने बताए पनि कसरी हट्छ भन्ने बारेमा भने केही बताएनन्।

प्रतिक्रिया दिनुहोस्