
अब सांसदहरुले पैसा नपाउने
सरकारले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत सांसदहरुले पाउँदै आएको रकम कटौति गर्ने तयारी गरेको छ ।
पार्टी एकीकरणपछि शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको पहिलो संसदीय दलको एकीकृत बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसद विकास कोष र निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगतको रकम कटौती हुने संकेत गरेका छन् ।
विकासका कार्यक्रमका मोडालिटीको टुंगो नलागिसकेकाले सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कोषको रकमलाई लिएर अनावश्यक उत्तेजनामा नआउन उनले सांसदहरुलाई निर्देशन दिए ।
उनले भने, ‘निर्णय तहमा पुगिनसकेका विषयमा अनावश्यक महत्व दिएर अनावश्यक सेन्टिमेण्टल नहुन आग्रह गर्दछु ।’