
यी हुन् ओली सरकारका गरिब मन्त्री, हेर्नुस् कसको सम्पत्ति कति ?
सम्पत्ति विवरण बुझाएका मध्ये दुईजना महिला मन्त्रीहरु थममाया थापा र बिना मगरको सम्पत्ति न्यून देखिएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले म्याग्दीमा आमाबाट प्राप्त सात आना जग्गा र भूकम्पपीडित कोषबाट प्राप्त १५ हजार रुपैयाँ मौज्दात रहेको देखाएकी छन् ।
यस्तै खानेपानी मन्त्री बिना मगरले आफ्नो नाममा केही पनि नरहेको देखाएकी छन् । उनको सम्पत्ति विवरणमा चितवनमा पति प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन र एउटा स्कुटर रहेको उल्लेख छ ।
यस्तै सासु सीता दाहालको नाममा चितवनमा नै १ कठ्ठा जमिन रहेको देखाएकी छन् । उनको एभरेष्ट बैंकमा खाता छ तर रकम सून्य छ ।