| सोमवार, बैशाख १७, २०८१

धितालको संयोजकत्वमा नेपाल किसान महासंघ गोरखाको नयाँ कार्यसमिति चयन

नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति गोरखाको नयाँ कार्यसमिति चयन भएको छ । सोमवारको भेलाले तुलसीराज धितालको संयोजकत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको सदस्यहरुमा जानुका अधिकारी, सिताराम भट्ट, लुत्र बराम, कृष्णबहादुर केसी, राधा बोगटी, रामकुमार नेपाली, तिलक काप्री, लक्ष्मी परियार, सुनिता रम्तेल गैरे, खुमप्रसाद ढकाल, मित्र दवाडी, लक्ष्मी रेग्मी, रामजीप्रसाद भट्टराई, कमलदिन मिया, कृष्णजंग घिमिरे र इश्वरबहादुर वानिया रहेका छन् ।

त्यस्तै बिष्णु घिमिरे, कुलप्रसाद न्यौपाने, गोकर्ण सिंह बस्नेत, निर्मला थापा, खगप्रसाद लामिछाने, चुडामणी न्यौपाने, बुद्धिबहादुर कुमाल, हरि घले, नारायण गुरुङ र अप्सरा कुमाल पनि सदस्यमा चयन भएका छन् । कार्यसमितिको पहिलो बैठकले आर्थिक समुन्नतीको लागी कृषकको घरघरमा महासंघ अभियान संचालन गर्ने निर्णय गरेको संयोजक धितालले बताए ।

२०७६ सालपछि फलफुल खेति गरेका किसानहरुलाई कार्वन उत्सर्जन न्यूनिकरणमा सहयोग पु¥याए वापत प्रोत्साहन रकम उपलब्ध गराउन अन्तराष्ट्रिय सञ्जालमा जोड्ने निर्णय समेत गरिएको उनले जानकारी दिए । प्रत्येक स्थानीय तहमा संगठन विस्तार गर्दै लैजाने निर्णय समेत बैठकले गरेको छ ।

कार्यक्रममा कांग्रेस जिल्ला पार्टी सुभापति एवं गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपाने, नेपाल किसान महासंघका केन्द्रिय सदस्य जनाद्र्धन अर्याल, पार्टी जिल्ला सचिव किशोरजंग थापा, सहसचिव लुमनाथ लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्