
नेपालकाे कम्युनिस्ट आन्दोलनमा कमरेड ‘श्याम’काे याेगदान
अशाेक शर्मा :
कमरेड श्रीनाथ अधिकारी ‘श्याम’ काे पाँचौं स्मृति दिवसकाे अवसरमा हुन गइरहेको याे अन्तरक्रिया कार्यक्रमका अध्यक्ष कमरेड तथा उपस्थित सम्पूर्ण महानुभावहरुमा नयाँ जनवादी माेर्चा, नेपालकाे तर्फवाट हार्दिक बधाई तथा अभिवादन प्रकट गर्न चहान्छु । साथै क. श्रीनाथ अधिकारी ‘श्याम’ प्रति असीम स्मरण सहित श्रद्धाञ्जली व्यक्त गर्न चहान्छु ।
१. बाल्यकाल, शिक्षा र राेजगारी
क. श्रीनाथ अधिकारी ‘श्याम’ वि. सं २०१२ साल श्रावण ९ गते आइतबारकाे दिन गाेरखा जिल्ला अजिकाेट गाउँपालिका अन्तर्गत हंसापुर गाउँमा मध्यम वर्गीय किसान परिवारमा भएकाे थियाे। उहाँ हंसपुर गाउका जिमुवाल त्रिलाेचन अधिकारीका छाेरा डालचन्द्र अधिकारी र सरस्वती ( छलीमायाँ) अधिकारीकाे दाेस्राे सन्तान र जेठाे छाेराे हुनुहुन्थ्यो । उहाँले आफ्नै गाउँ हंसपुरमा अवस्थित प्रारम्भिक शिक्षा सुरु गरि परिवारकाे सल्लाह र याेजना अनुरुप मिसन स्कुल अमर ज्याेती मावि( लुइँटेल हाइस्कुल) मा भर्ना हुनुभएको थियाे। वि. सं २०३० सालमा यसै स्कुलवाट एस. यल.सी. उतिर्ण गरि आफ्नै गाउँ हंसपुरकाे श्री पार्वती प्राथमिक विद्यालय र खरिवाटकाे स्यार्तान प्राथमिक विद्यालयमा दुई वर्ष अध्यापन गर्नु भएकाे थियाे। वि.सं २०३३ सालमा उच्च शिक्षाको लागि पाटन इन्जिनियरिङ क्याम्प भर्ना भई ओभरसियरकाे अध्यायन पूरा गरि वि.सं २०३५ सालमा चितवन जिल्लाकाे भरतपुरमा संचालित नारायणी लिफ्ट सिचाइ परियाेजनामा सरकारी जागिर सुरु गर्नुभएका क. श्यामले साेहि परियोजना कार्यरत सहकर्मी क. डिल्लीराम पाेखरेल ( डि आर. ) वाट कम्युनिस्ट पार्टीको सदस्यता लिई युवक संगठन मार्फत सकृय राजनीति प्रारम्भ गरेपछि वि.सं २०३६ सालमा सरकारी जागिर परित्याग गरेर पुर्णकालिन राजनीतिमा हाेमिनु भएकाे थियाे ।
जानकारहरुका अनुसार सानैदेखि कमरेड श्याम अनुशासित, इमानदार, सरल, मिलनसार र संयाेजनकारी स्वभावकाे हुनुहुन्थ्यो । उहाँको उक्त गुण जीवनभर नेपाली समाजले उपयोग गर्ने अवसर प्राप्त गरिरहयाे । बाल्यकाल अर्थात ११ वर्षकाे अमेरमै १२ वर्षकी राधिका रेग्मीसंग विवाह भैसकेपछि क. श्याम सानैवाट व्यवहारिक जिम्मेवारीमा रहनु भएकाे पाइन्छ । उहाँकी जीवन साथी राधिका सहित तीन छाेरा दुई छाेरी समग्र परिवार उहाँकै प्रेरणाको कारण जनयुद्धको भीषण प्रक्रियामा सामेल हुनुभाे र आज पर्यन्त उहाकाे सम्पूर्ण परिवार कम्युनिस्ट पार्टीका सदस्यहरुकाे रुपमा कार्यरत हुनुहुन्छ ।
२. राजनीति जीवन
कमरेड श्रीनाथ अधिकारीकाे राजनीति यात्राको प्रारम्भ वि. सं २०३३ सालमा उच्च शिक्षा अध्यायन गर्न पाटन इन्जिनियरिङ क्याम्प गरपछि भएकाे देखिन्छ । त्यतिबेला उहाँ तत्कालीन चाैम निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध हुनुभयाे। राजनीतिमा लाग्ने प्रेरणा चाहिँ उहाँलाई आफ्नै भान्जादाई यमुना प्रसाद न्याैपाने वाट प्राप्त भएकाे बुझ्न सकिन्छ । कम्युनिस्ट आन्दोलनको प्रारम्भिक कालदेखि नै राम्रो प्रभाव परेकाे गाेरखा जिल्लामा वि.सं २०१५ सालकाे संसदिय चुनावको उमेदवार जाैवारीका क. जगत बहादुरकाे चुनावी प्रचारप्रसारमा खटेका र पछि चितवन आएर नन सेन्टर ग्रुप मार्फत संगठनात्मक कार्यमा सकृय पारिवारिक सदस्य क. यमुना प्रसाद न्याैपानेलाई नजिकवाट नियालिरहेका क. श्याम अन्तत: विद्यार्थी राजनीति मार्फत कम्युनिस्ट आन्दोलनमा सहभागी हुनुभयाे र सरकारी जागिर छाेडेर वि. सं २०३६ सालदेखि जीवनपर्यन्त पुर्णकालिन राजनीतिक जीवनमा अविचलित भइरहन सक्षम हुनुभयो ।
वि.सं २०३६ सालमा पार्टी सदस्य भई युवा संगठनमा सक्रिय हुनेक्रममा पुर्णकालिन भएपछि पार्टीले उहाँको कार्यक्षेत्र गाेरखा खटायाे र २०३६ साल पुसमा गाेरखाकाे च्याङलीमा भएकाे जिल्ला अधिवेशनले उहाँलाई जिल्ला समिति सदस्य निर्वाचित गर्याे भने क. बाचस्पति देवकाेटा पछि जिल्ला सचिव हुनुभएका निर्मल कुमार जाेसी ‘पारे घर्ती’ नेकपा (मशाल) काे पाँचौं महाधिवेशन पछि भएकाे फुट पश्चात् क. माेहन विक्रम समूह ( नेकपा मसाल) तिर लागेपछि उहाँ २०४२ सामा नेकपा (मशाल) काे गाेरखा जिल्ला सेक्रेटरी बन्नु भयाे। केही समय पछि जनयुद्धको तयारीको याेजना सहित पार्टीले राम बहादुर थापालाई सेक्रेटरीकाे रुपमा गाेरखा पठाएपछि जिल्ला कमिटी सदस्यकाे रुपमा सकृय कमरेड श्याम पार्टी केन्द्रकाे याेजना अनुसार वि.सं २०४७ साल जेष्ठ देखि वि. सं २०४८ कार्तिक सम्म गाेरखाकाे पुनः सेक्रेटरी बन्नु भयाे । वि. सं २०४८ सालकाे पार्टीको एकता महाधिवेशनकाे प्रतिनिधिकाे रुपमा चुनिनुभएकाे क. श्याम साेही साल क. सुरेश वाग्लेकाे नेतृत्वकाे गाेरखा जिल्ला कमिटीको सदस्य हुनुभयो भने वि. सं २०४८ सालकाे संसदीय चुनावमा गाेरखा क्षेत्र न. १ वाट प्रतिनिधि सभाकाे उमेदवारकाे रुपमा पार्टीको तर्फवाट चुनाब लड्नु भयाे। गाेरखाकाे चुनाबमा झीनो मतले पराजित भएका कमरेड श्याम पार्टीको याेजना अनुसार २०५२ सालवाट सुरु भएकाे महान जनयुद्धमा सामेल हुनुभयाे। वि. सं २०५२ साल पछि उहाँ पार्टीको गण्डक उपक्षेत्रीय व्युराे सदस्य क्षेत्रीय व्युराे सदस्य हुँदै वि.सं २०५९ सालवाट पार्टीको केन्द्रीय सदस्य वि.सं २०६९ साल असार २ गते तत्कालीन एनेकपा ( माओवादी) भिभाजन भई नेकपा-माओवादी पुनर्गठन भएपछि त्यसकाे पाेलिटव्युराे सदस्य हुँदै एकता प्रक्रियावाट नेकपा ( क्रान्तिकारी माओवादी ) बनेपछि जीवन पर्यन्त उहाँ वरिष्ठ पाेलिटव्युराे सदस्य हुनुहुन्थ्यो ।
जनयुद्ध सुरु भएयता कमरेड श्याम गाेरखाकाे अतिरिक्त रुपन्देही, चितवन, तनहु, धादिङ, भक्तपुर जिल्ला इन्चार्ज सहित तत्कालीन तुमुवान रान्य समिती तथा ४ न. प्रदेश ( राज्यको गण्डकी प्रदेश) काे सेक्रेटरी, सह- इन्चार्ज तथा इन्चार्ज तथा पार्टीकाे स्कुल विभाग लगायत महत्त्वपूर्ण विभागीय जिम्मेवारीमा रहेर भुमिक निर्वाह गर्नु भएकाे थियाे। कम्युनिस्ट आन्दोलनमा कमरेड श्याममा सदैव दर्शनप्रतिकाे गहिराे पक्षधरता, सिद्धान्त प्रतिकाे प्रतिबद्धता, लक्षप्रतिकाे दृढता, वर्ग र वर्गसंघर्षप्रतिकाे इमानदारीता, लक्षयप्रतिकाे सकारात्मक आशावादीता, सनमुहिकता प्रतिकाे उत्साह तथा व्यक्तिगत हीत र स्वर्थ प्रतिकाे अनिच्छाकाे अतिरिक्त आमूल परिवर्तन र सर्वहारा क्रान्तिकाे महान लक्ष्यप्रतिकाे निष्ठाप्रति कहिल्यै कत्तिपनि विचलन आएन । कम्युनिस्ट आन्दाेनमा कमरेड श्यामकाे सबैभन्दा महत्त्वपूर्ण याेगदान यसैलाई मान्न सकिन्छ र आजका मालेलेमावादी तथा सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले उहाँवाट सिक्ने र प्रेरणा लिनैपर्ने विषय यसैलाई बनाउनु सबैभन्दा उपयुुक्त हुन्छ।
राजनीतिक जीवनशैली र कार्यशैली
क. श्यामकाे जीवनशैली र कार्यशैलीमा असाध्यै ठूलो एकरुपता थियाे । उहाँको जस्तो सर्वहारावर्गीय जीवनशैली र कार्यशैली नेपालकाे कम्युनिस्ट आन्दोलनमा कार्यरत नेता कार्यकर्तामा सयदै हाेला । वर्गीय रुपमा मध्यम वर्गीय किसान तथा ब्रामण समुदायमा जन्मिए ता पनि उहाँको समग्र जीवन सर्वहारा आन्दोलनको मुक्ति यात्रामा नै वित्याे। सर्वहारा वर्गप्रतिकाे अघात प्रेम र वर्गदुश्मनप्रतिकाे तिव्र घृणा र सम्झौताहीन संघर्ष उहाँको राजनीतिको समग्र कार्यशैली बन्याे। दर्शन, सिद्धान्त,विचारधारा, रणनीति, कार्यनीतिका समग्र पाटाहरुमा अपनाइने सर्वहारा जीवनशैली र कार्यशैलीकाे एकरुपता असाध्यै कठिन विषय हाे त्याे पनि क्षणिक समयकाे कुरालाई सामान्य मान्न सकिएला तर क. श्याम जीवन पर्यन्त याे प्रक्रियामा कहिल्यै तलमाथि नभई याे परिक्षामा उहाँ उतिर्ण हुनु भयाे। उहाँको सरलता, सहनशीलता र सहजता कतिधेरै समसामयिक र स्वभाविक थियाे र हुन्थ्याे भन्ने कुरा उहाँसंग सहकार्य गरेका र सहयात्रामा सहभागी भएका हेरक नेतादेखि कार्यकर्ता सम्म र समर्थक देखि जनतासम्म सबै अवगत नै छन । रणनीतिमा सतिसाल जस्तै दृढ र कार्यनीतिमा आवश्यक पर्नेजति लचकता अपनाउन सक्ने कमरेड श्याम पार्टी भनेको विपरीतहरुकाे एकत्व हाे र याे एकता संघर्ष रुपान्तरणकाे प्रक्रियाकाे विचवाट अगाडि बढ्छ भन्ने कुरा पार्टी भित्रका सबैखाले प्रबृत्तिहरुलाई मिलाएर आन्दाेनमा सहभागी गराउने सक्ने उहाँले आफ्नो नेतृत्व क्षमातावाट आफ्नै जीवनकालमा प्रमाणित गरेर देखाउन सफल हुनु भयाे। उहाँ आफ्नाे राजनीतिकाे प्रारम्भिक कालदेखि मृत्युुसैयाकाे आखिरि पलसम्म पनि सदैव पार्टी आन्दाेलन र दुइलाईन संघर्षको प्रक्रियामा क्रान्तिकारी धारमा अविरल खडा हुनु भयाे। महान सर्वहारा सांस्कृतिक क्रान्तिकाे ” दुनियाँ बदल्नु छ भने सुरु वाफैवाट गर ” भन्ने स्पृट अनुसार आफ्नाे पुर्खाैली सम्पतिकाे ठूलाे हिस्सा वर्ग संघर्षमा मात्र लगाउनु भएन भाैतिक रुपमा आफ्नाे सम्पूर्ण परिवार जनयुद्धको भीषण प्रक्रियामा सामेल गराउनु भयाे । पार्टी कार्यकर्ताकाे स्नेह जनताकाे लाेकपृयता र सरल एवं सादगी जीवनशैली र कार्यशैली तथा परिपक्व व्यवहारिक राजनीतिक उचाइको कारण तत्कालीन सत्तले ‘रेड कर्नर नाेटिस’ समेत जारी गरि सर्वाधिक खाेजि गर्दा समेत उहालाई पक्राउ गर्न सकेन । क. श्याम वि. सं २०३६ सालको चुनाव बहिस्कार आन्दोलनमा सकृय भएकाे पत्ता लगाएपछि खाेजि गर्ने क्रममा भुमिगत रुपमै २०३९ बैसाख १ गते गाेरखावाट पक्राउ परेर राजकाज मुद्दामा सात महिना जेल बसे बाहेक राज्यले उहाँलाई कहिल्यै पक्राउ गर्नै सकेन। वर्ग दुश्मन संग जाेगिन र जनताकाे विचमा सकृय हुन उहाँले जुन प्रकारकाे कला र क्षमता प्रदर्शन गर्नु भयाे त्याे सामान्यतया धेरै मानिसकाे क्षमताले नभेट्ने कुरा हाे । नेपालकाे कम्युनिस्ट आन्दोलनमा यसप्रकारकाे वर्गसंघर्षकाे इमानदार र व्यवहारिक राजनीतिक उचाइ सायदै पाउन सकिएला जाे कमरेड श्यामवाट प्राप्त भयाे ।
कमजोरी र मृत्यु
कमरेड श्याम सर्वहारा आन्दोलनमा सकृयतापुर्वक खट्दा खटदै पत्तै नपाई क्यान्सर जस्ताे प्राणघातक राेगकाे सिकार भैसक्नु भएकाे रहेछ। दिनरात सांगठनिक काममा खट्ने सिलसिलामा क्यान्सरले गाल्दै लगेकाे उहाँलाई पत्तै भएन । क्यान्सरकाे कारण उहाँको स्वर बस्न र बाेल्न असहज हुन थालेपछि स्वास्थ जाँच गराउँदा उहाँलाई फाेक्साेकाे क्यान्सरले तेस्रो चरण पार गरेकाे स्थिति थियाे। जसका कारण उहालाई सामान्य स्थितिमा बचाउन सक्ने सम्भावना धेरै न्यून थियाे। क्यान्सरको उपचारकाे प्रक्रियाकाे प्रारम्भ भएपछि केही महिनपछि नै उहाँको दुखद निधन हुन पुग्याे र नेपाल सर्वहारा आन्दोलनले सर्वहारा क्रान्तिका एक असल, इमानदार र निष्ठावान सिपाही गुमाउन पुग्याे। क्यान्सरको कारण मृत्युु सैयामा छटपटाउदै गर्दा समेत कमरेड श्याममा सदैब क्रान्ति र वर्गप्रतिकाे चासो र चिन्ता उदघाटित भइरहेकाे हुन्थयाे। सम्पन्न घरानामा जन्मेकाे तत्कालीन अवस्थामा राम्रै शिक्षा आर्जन समेत गरेर सरकारी जागिर खादै गरेकाे मान्छे पारिवारिक जीवनका असाध्यै सुनाैला नीजि सपनाहरुलाई चटक्कै छाेडेर वर्गसंघर्षकाे जाेखिमपूर्ण र कष्टकर वाटाे र त्यसले पैदा गर्ने नीजि जीवनका दु:खलाई उहाँले कुनै पर्वाह गर्नु भएन र अभाव, दु:ख, असुरक्षा र राज्य उत्पीडनका सारा अपमानहरुवाट सृजना हुनसक्ने नीजि मामिलाका महावित्तिहरुलाई स्वीकार गरेर अगाडि बड्ने उहाँको साहस र अविछिन्न लगाव आजका सम्पूर्ण मालेमावादी तथा सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुका लागि प्रेरणाका श्राेत हुन सक्छन् ।
क. श्यामका यी उल्लेखित यावत सकारात्मक एवं सबल पक्ष हुदाहुदै पनि उहाँका केही कमजोरीहरु थिए। सहयात्री, सहयाेद्बा तथा समकक्षीहरुकाे अनुभुती र अनुभवमा उहाँका मुलतः दुइटा ठूला कमजोरीहरु थिए । एउटा उहाँ आफ्नाे स्वस्थ्यकाे प्रश्नमा कहिल्यै संवेदनशील हुन सक्नु भएन। स्वस्थ्य समस्यालाई केवल नीजि समस्या मात्र ठान्नु भयाे। विशेष परिस्थिति बाहेक परिवार र साथीभाई कसैलाई पनि अन्य नीजि कुरा सरह स्वस्थ्य समस्यकाे वारेमा सेयर गर्नु हुन्नथ्याे । सायद उहाँमा अन्तर्निहित याे कमजोरी समय छँदै सच्याउनु भएकाे भए र क्यान्सरकाे प्रारम्भिक चरणमै उपचारकाे परिस्थिति तयार हुन सक्ने हुनसक्याे, जसवाट उहाँ उक्त समयकाे मृत्युु वाट बच्ने सम्भावना हुन सक्थ्यो । दाेस्राे-अत्याधिक चुराेट सेवन !! क. श्यामले जीवनको प्रारम्भिक कालदेखि नै अत्यधिक चुराेट पिउने गर्नु हुन्थ्याे। धेरै साथीभाई र सहयात्री सहयाेद्बाहरुकाे अनुराेधका बाबजुद उहाँ चुराेटकाे लतवाट मुक्त हुनु भएन। जतिवेला उहाँले चुराेट सेवन गर्नुहुन्थ्यो चुराेटकाे कारण स्वस्थ्यमा गम्भीर संकट पैदा हुनसक्ने कुराप्रति खासै सराेकार राख्नु भएन । जतिबेला सचेततापुर्वक चुराेट छाेड्नु भाे त्यसबेला उहाँलाई फाेक्साेमा क्यान्सरले संक्रमण गरिसकेकाे रहेछ । सायद उहाँले यस तरहले धुम्रपान नगरेकाे भए क्यान्सर स्थिति नरहने सम्भावना पनि हुन सक्याे कि !!?? समग्रमा अनगिन्ती असल र राम्रा कुराहरुकाे अगाडि यी कमजोरी सामान्य कमजोरी अवस्य हुन तर कमजोरीहरुलाई समयमै हटाउन सकिएन भने ती जीवनका लागि नै सर्वाधिक हानिकारक हुनसक्छन् । कमरेड श्यामका सबल पक्षका अतिरिक्त कमजोर पक्षवाट पनि कम्युनिस्ट आन्दोलन प्रशिक्षित हुन जरुरी छ ता कि यसवाट समयमै कमजाेरी हटाउन एवं जीवनलाई सहज र जिवन्त बनाउन सकियाेस।
आगामी क्रान्तिकाे दिशा
क. श्यामले जिवनभर सिद्धान्तनिष्ठ राजनीति गर्नुभयाे । उहाँले दर्शन, अर्थराजनीति, मानव समाज, सैन्य विज्ञान, मार्क्सवादी साैन्दर्य शास्त्रीय चेत लगायतका विधामा मिहीन प्रकारकाे अध्यायन र गहिराे ज्ञान हासिल गर्नु भएकाे थियाे। कमरेड श्याम कम्युनिस्ट आन्दोलन भित्री रहेका वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध निर्ममतापुर्वक दार्शनिक सैद्धान्तिक एवं बैचारिक संघर्ष सन्चालन गर्नुपर्ने कुरामा हमेशा जाेड दिनुहुन्थ्याे । नेपालमा सामन्तवाद र साम्राज्यवाद विरुद्धको संघर्षमा नयाँ जनवादी क्रान्तिकाे माध्यमबाट सामन्तवाद, दलाल पुजिवाद र नाेकरशाही पुजिवादलाई पराजित गरि नेपाली समाजकाे अर्ध-औपनिवेशिक र अर्ध- सामन्ती चरित्र वदल्नु पर्ने धारणा राख्नुहुन्याे। नयाँ जनवादी क्रान्तिकाे माध्यमवाट जनताकाे संयुक्त जनवादी अधिनायकत्व (नयाँ जनवाद) स्थापना गरेर मात्र नेपाली समाजकाे अर्ध-औपनिवेशीक र अर्ध-सामन्ती चरित्र बदलिन्छ र समाजवादी क्रान्तिकाे आधार तयार हुन्छ भन्ने दृढ मान्यता राख्ने क. श्यामले जीवनकालमा आत्मसात गरेकाे राजनीतिक कार्यदिशालाई नै अहिले पनि समसामयिक र वस्तुपरक कार्यदिशा मान्न सकिन्छ । अत: नयाँ जनवादी क्रान्तिकाे राजनीतिक प्रक्रिया अन्तर्गत नेपालकाे विशिष्ट परिस्थितिमा अगाडि बढ्ने सर्वहारा क्रान्तिले मात्र वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाकाे समुल अन्त्य गर्न सक्दछ र संसदीय व्यस्थाकाे आडमा सत्तसिन हुँदै आएकाे दलाल तथा नाेकरशाही पुजिपति वर्ग र सामन्तीवर्गलाई राज्यसत्तावाट समग्र रुपले पराजित गर्न सकिन्छ। आजकाे नेपाली क्रान्तिकाे दिशा यहि हाे ।
अन्त्यमा हामी कमरेड श्यामप्रति पुन: असिम स्मरण सहित परिवारजनमा गहिरो समवेदना प्रकट गर्न चाहन्छौं ।