नेकपा एमालेले दियो मतदातालाई धन्यवाद
नेकपा एमाले जिल्ला कमिटीले हालै सम्पन्न गोरखा नगरपालिका ५ को उपनिर्वाचनमा सूर्य चिन्हमा मतदान गरेका मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । एमालेबाट निर्वाचित वडाअध्यक्ष खिलबहादुर राना मगरको निधनपछि रिक्त भएको पदमा भएको उपनिर्वाचनमा स्वर्गीय रानाकी पत्नी दुर्गामाया थापा मगरलाई सूर्य चिन्हमा मतदान गर्ने वडाबासी मतदातालाई एमालेले धन्यवाद ज्ञापन गरेको हो ।
साथै एमालेले उपनिर्वाचन शान्तपूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोगबाट खटिएका तथा निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, पत्रकारहरुप्रति पनि कृतज्ञता प्रकट गरेको छ । सो उपनिर्वाचनमा थापाले ३४५ मत प्राप्त गरेकी थिइन् ।