| बुधबार, बैशाख १९, २०८१

उत्तरी गोरखाको लोकभाकामा आधारित म्युजिक भिडियो ‘घाँसको भारी’ सार्वजनिक

उत्तरी गोरखामा प्रचलित लोकभाकामा आधारित म्युजिक भिडियो ‘घाँसको भारी’ सार्वजनिक भएको छ । विहिबार दिउँसो गोरखाली लोक भाका नामको युटुव च्यानलमार्फत सो म्युजिक भिडियो सार्वजनिक भएको हो ।

धार्चे ५ सिङ्लाका धनबहादुर गुरुङको लय तथा गणेश गुरुङको शब्द संकलन रहेको सो गीतमा शितल गुरुङ र रोजिना गुरुङको स्वर रहेको छ । साथमा धनबहादुर गुरुङ, डोलराज बारघरे, रुवी सिँजाली र प्रेमा रानाको सामुहिक स्वर रहेको छ ।

सो म्युजिक भिडियोमा संगीत संयोजन डोलराज बारघरेले गरेका छन् भने ध्वनी मिश्रण कुमार रानाको रहेको छ । मारुनी डिजिटल स्टुडियोमा सो गीत रेकर्ड गरिएको हो ।

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा प्रचलनमा रहेको पुरानो लोक भाकालाई संरक्षण गर्न गीत निर्माण गरिएको धन बहादुर गुरुङले बताए । गीतमा उहियाको पुरानो भाकालाई मुख्य प्राथमिकता दिइएको उनले जानकारी दिए ।

लोकभाकामा आधारित उनको यो चौथो गीत हो । यसअघि ‘लेकाली ठिटो’, ‘हो राजै पियारी’, ‘गयो जोबन’ जस्ता गीत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्