
नाकाबन्दी वारे मोदी मौन !
तीन बर्ष अगाडि भारतीयपक्षबाट भएको नाकाबन्दीवारे भारतीय प्रधानमन्त्री नरेन्द्र यसपाली मौन बसेका छन् ।
नेपालमा नाकाबन्दी लगाउनुपूर्व मोदीले दुई पटक भ्रमण गरेका थिए ।
त्यसबेला उनको जेजतिक सम्मान भएको थियो । यसपाली त्यस्तो देखिएन । बरु, नाकाबन्दी लगाएको भन्दै उनको भ्रमणको विरोध सडकदेखि सामाजिक संजालसम्म विरोधका स्वर उठे ।
मोदीले नाकाबन्दीको माफी माग्नुपर्नेसम्मका स्वर उठेका थिए ।
तर, भ्रमणको पहिलो दिन जनकपुरमा दिएका दुई वटा सार्वजनिक भाषणमा मोदीले नाकाबन्दीको कुरै उठाएन् ।
उनी राजनीतिम मुद्दामा प्रवेश नै गरेनन् । बरु, मोदीले धार्मिक–सांस्कृति र विकास मुद्दामा धेरै बोले । दुई देशवीचको परम्परागत सम्बन्धमा मोदीले खास जोड दिए ।