| बिहिबार, बैशाख २०, २०८१

यस्तै कामले पर्यटन प्रवद्र्धन गर्छ

हिन्दू धर्माबलम्बीहरुको विश्वकै सबैभन्दा ठूलो धार्मिक स्थल कम्बोडियामा छ । एङ्करवाट नामको सो धार्मिक स्थल खमेर साम्राज्यका राजा सूर्यबर्मन द्वितीयद्वारा १२ औं सताव्दीमा निर्माण गरिएको थियो । हिन्दू धर्मदर्शन अनुसार समग्र व्रह्माण्डको प्रतिनिधित्व गर्ने सुमेरु पर्वतको प्रतीकका रुपमा मानिने यस मन्दिरको निकै महत्व छ । यहाँको मन्दिरमा रहेका पाँचवटा शिखरलाई सुमेरु पर्वतका पाँच शिखरका रुपमा लिइन्छ । भगवान विष्णुको मन्दिरमा रुपमा निर्माण गरिएको सो मन्दिर १४ औं शताव्दीतिर वौद्ध मन्दिरका रुपमा परिणत हुन पुगेको थियो । कम्बोडियाले यस मन्दिरलाई राष्टिूय गौरव र कम्बोडियाकै मुटुको रुपमा लिदै आएको छ । यसका कारण कम्बोडियामा धार्मिक पर्यटकहरु बढेका छन् । काठमाडौ उपत्यका नजिकै काभ्रेको साँगामा देशकै सबैभन्दा ठूलो महादेवको मूर्ति स्थापना गरिएको छ । नजिकै फनपार्क पनि निर्माण गरिएको छ । यसका कारण साँगा क्षेत्रको पर्यटन विकासमा कायापलट भएको छ ।पालुङ्टार नगरपालिकाले लिगलिगकोटमा सबैभन्दा ठूलो राष्टिूय झण्डा स्थापना गरेको छ । गत पुस २७ गते यसको उद्घाटन पनि भएको छ । जसका कारण लिगलिगकोटमा पर्यटकको संख्या वृद्धि भइरहेको स्थानीयबासीको भनाइ छ । गोरखा नगरपालिकाले पनि सदरमुकाममा सबैभन्दा अग्लो(ठूलो) गोरखनाथको मूर्ति निर्माण गर्ने योजना लिएको छ । यसले गर्दा पनि गोरखामा धार्मिक पर्यटक वा अन्य पर्यटकको संख्या वृद्धि हुने अनुमान गरिएको छ । राष्टिूयता संरक्षण अभियानले राजा पृथ्वीनारायण शाहको सर्बाधिक अग्लो(२१ फिट अग्लो) सालिक बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा निर्माण गर्न लागेको छ । त्यसका लागि नगरपालिकाले सात रोपनी जग्गा जुटाइसकेको छ । यसले पनि पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिनेछ । यस्ता अद्वितीय संरचना निर्माणले पर्यटन प्रवद्र्धन गर्न सक्ने हुँदा यस्ता रचनात्मक संरचना निर्माणका लागि योजना बनाउँदा बेस हुन्छ ।

प्रतिक्रिया दिनुहोस्