| बिहिबार, बैशाख २०, २०८१

हेडको होडले विद्यार्थी मारमा

लामो समयदेखि भुसको आगो बनेर रहेको गोनपा १० को रत्नराज्य माविमा प्रअ सम्बन्धी विवाद अहिले सतहमा छताछुल्ला भएको छ । नगरपालिकाले मान्यता नदिएका कारण वैध हुन नसकेको विद्यालय व्यवस्थापन समितिले पुस नौगते नयाँ प्रअ चयन गर्ने निर्णय ग¥यो । साबिक प्रअ सरला देवकोटाको विषयमा धेरै विद्यार्थी फेल भएकाले प्रअ हुन अयोग्य ठहरगर्दै प्रअ फेर्ने निर्णय गरेको समितिका अध्यक्षको भनाइ छ ।
सो निर्णय प्रअ देवकोटाले अवज्ञा गर्दै आएकी थिइन् । हिउँदे विदा सकिएलगत्तै आइतबार समितिले डेढ, दुईसय अभिभावक तथा गैरअभिभावक भेला ग¥यो । उनीहरुमध्य दुईजनाले प्रअको कठालो समातेर देवकोटालाई कुर्चीबाट गलहत्ती लगायो । त्यसपछि तातेको सो विद्यालयको माहोल अहिले पनि समाधान हुने अबस्थामा छैन ।
सोमबार विद्यालयमा पठनपाठन हुन सकेन । आउँदो १५ गतेदेखि कक्षा १० को एसईई योग्यता परीक्षा हुदैछ । तर यतिबेला विद्यालय बन्द हुँदा विद्यार्थी मर्कामा छन् ।
शिक्षकहरुलाई ‘हेड’ बन्ने होड छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा पाउने ध्याउन्न छ । हेडको होडले सयौं विद्यार्थी मारमा छन् । यसप्रति यतिबेला समितिले पनि सोच्न भ्याएको छैन । प्राय शिक्षकको ध्यान पनि कुन प्रअ रोज्ने भन्नेमा छ ।
यतिबेला नगर शिक्षा समिति, नगर शिक्षा शाखा, जिल्ला प्रशासन कार्यालय, शिक्षक महासंघ लगायतले त्यहाँका समस्या समाधान गरी विद्यालय सुचारु गर्नतर्फ ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्