| बिहिबार, बैशाख २०, २०८१

गोरखा अस्पतालमा ज्वारो आएकालाई अलग्गै उपचार

कोभिडको त्रास बढ्न थालेपछि गोरखा अस्पतालले ज्वारो आएका बिरामीप्रति कडा निगरानी गर्न थालेको छ । अस्पताल प्रवेश द्वारमै फिभर स्क्रिनिङ गरेर यदि ज्वारो आएको बिरामी भेटिएमा अलग्गै राखेर उपचार गर्न थालिएको अस्पतालले जनाएको छ ।
‘फिभर स्क्रिनिङमा यदि ज्वारो आएका बिरामी भेटिए भने हामी टिकट काट्ने लाइनमा पनि राख्दैनौँ ।

अरु बिरामीसित नजिक पर्न पनि दिदैनौँ’, अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘उहाँहरुलाई फिभर क्लिनिकमा उपचार गर्छौँ । यदि अक्सिजन लेभल घटेको, अबस्था पनि जटिल देखिएमा भर्ना गरेर राख्छौँ । नत्र अन्य उपचार गरी होम आइसोलेशनमा रहन सुझाव दिएर पठाउछौँ ।’ भर्ना गरेर राखिएका शंकास्पद बिरामीको मात्र पिसिआर परीक्षण गर्ने व्यवस्था रहेको उनले बताए ।
अस्पतालले ज्वारो आएका बिरामीको टूाभल हिस्टूी लिने गरेको छ ।

टिकट काट्दा तथा औषधी किन्ने ठाउँमा पनि तीन मिटरको अन्तरमा निर्माण गरिएको ह्वाइट सर्कलमा उभिने व्यवस्था गरेको छ ।
अस्पतालले संक्रमित भेटिएमा उपचारका लागि सातबेडको आइसोलेशनलाई तयारी अबस्थामा राखेको छ । थप बेडका लागि बिभिन्न निकायसँग समन्वय र परामर्श भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्