| शुक्रबार, बैशाख २१, २०८१

महिला लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

महिला उद्यमीलाई लक्षित गरी जिल्ला सदरमुकाममा भएको एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोरखा उद्योग वाणिज्य संघ र एभरेष्ट बैंक गोरखा शाखाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

आइतवार भएको कार्यक्रममा संघको महिला उद्यमी बिकास समितिमा आवद्ध ४५ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई बैंकिङ करोवार, बिमा, सेयर वित्तिय प्रणाली र वित्तिय अनुशासन बारे अभिमुखिकरण गराइएको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।

कार्यक्रममा राष्ट्रिय बैकिङ संस्था लिमिटेडका जगन्नाथ ढुंगेल र गुणराज गौतमले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्