| शुक्रबार, बैशाख २१, २०८१

भिरबाट लडेर ७३ वर्षिय वृद्धको मृत्यू

शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा भिरबाट लडेर एक वृद्धको मृत्यू भएको छ । ७३ वर्षिय तेजबहादुर थापा चितवनबाट घर फर्कँदै गर्दा गएराती रानाखोला घलेडाँडा भिरबाट खसेको प्रहरीले जनाएको छ ।

मंगलवार बिहान करिब ५० मिटर तल उनको शव भेटिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । उनको साथमा मादक पदार्थ समेत भेटिएकाले सेवन गरेर हिड्दा लडेको हुन सक्ने अनुमान प्रहरीको छ । उनको शव गोरखा अस्पतालमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्