| शुक्रबार, बैशाख २१, २०८१

गोरखा नगरपालिकाभित्र संक्रमितको संख्या सात पुग्यो


गोरखा नगरपालिकाभित्र तीनदिनभित्र सातजना कोरोनाबाट संक्रमित भएका छन् ।

सेण्टजोसेफ स्कूलका दुईजना कर्मचारी, उनीहरुको परिबारका सदस्य दुईजनामा, गोरखा नगरपालिका ६ पाटेचौरका एक युवामा, गोरखा नगरपालिका ११ तेह्रकिलो बजारका एकजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख रेग्मीले जानकारी दिए ।

गोरखा नगरपालिका १४ का एक जना संक्रमितको भने मृत्यू भइसकेको छ ।


उनीहरुमध्य तेह्रकिलोका एकजना होम आइसोलेशनमा छन् । सेण्ट जोसेफ स्कूलका दुईजना पाटन अस्पतालमा, तीनजना होम आइसोलेशनमा, पाटेचौरका पुरुष, वीर अस्पतालमा उपचाररत रहेका रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्