| शुक्रबार, बैशाख ७, २०८१

देशभर खानेपानीको अभाव हुन दिन्न ः ओली

देशभर खानेपानीको अभाव हुन दिन्न ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभरी शुद्ध खानेपानीको अभाव हुन नदिने बताएका छन् ।

दमक खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको उदघाटन गर्दै प्रधानमन्त्रीले सरकारले दमकमात्रै नभएर देशैभरीका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने बताए ।

नेपाल सरकार, नगर विकास कोष र खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको ३० करोड दुई लाख ४३ हजार चार सय ८५ रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण हुन लागेको हो ।

प्रधानमन्त्रीले दमक–रवि  बहुवर्षीय सडक योजनालाई द्रुतरुपमा अगाडि बढाइने जानकारी दिंदै दुई लेनको सडकले मेची राजमार्गसम्म जोड्ने बताए।

ओलीले १ नम्बर प्रदेशको राजधानी जहाँ भए पनि ब्यापारिक हबको रुपमा दमकको विकास गरिने बताए।

प्रतिक्रिया दिनुहोस्