
लाप्राकका आठजनाद्वारा सगरमाथा आरोहण, यसबर्ष मात्रै चारजना पुगे
आरोहीको गाउँ भनेर चिनिने गोरखा लाप्राकका आठ जनाले सगरमाथा आरोहण गरेका छन् । उनीहरुमध्य चार जनाले यसपटक आरोहण गरेका हुन् ।
इमानसिँह गुरुङले पहिलो पटक सगरमाथा आरोहण गरेपछि लाप्राकका युवाहरु पर्वतारोहणतर्फ आकर्षित भएका थिए । उनले दुईपटक सगरमाथा आरोहण गरेका थिए ।
इमानको सफलतापछि अहिलेसम्म तुल्सिङ गुरुङ(दुईपटक), मुलाल गुरुङ(एकपटक), युक्त गुरुङ(सातौँपटक), सुमन गुरुङ(चारपटक), इमान गुरुङ(दुईपटक), सन्दीप गुरुङ र बिसबहादुर गुरुङले सगरमाथा आरोहणमा सफलता हाँसिल गरेका हुन् । उनीहरुमध्य सन्दीप र बिसबहादुरको सगरमाथा आरोहण पहिलो अनुभव हो ।
शेर्पा तथा गाइडमा अत्याधिक काम गर्ने खुम्बु क्षेत्रका बासिन्दाबाहेक सगरमाथा धेरै जनाले आरोहण गर्ने नेपालका अन्य गाउँमामध्य लाप्राक पर्छ ।
नेपालकै पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङ पनि लाप्राककै हुन् । स्वर्गीय इमान गुरुङको सगरमाथा सफल आरोण र पर्यटन व्यवसायमा सफलतापछि लाप्राकका धेरैजना पर्यटन व्यवसायमा आवद्ध छन् ।
यो पनि पढनुहोस्




